सरस्वती पूजाको तयारीमा लागेका शिक्षकको करेन्ट लागेर मृत्यु

गते प्रकाशित

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ।

घोडाघोडी–२ को दशरथ माध्यमिक विद्यालयका २३ वर्षीय शिक्षक हुकुम जैशीको शनिबार दिउँसो करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।

जैशी आइतबार रहेको सरस्वती पूजाको तयारीका लागि हरियो बाँस काट्न गएका थिए। बाँस काटेर तान्दा बासले नाङ्गो तारमा छोएर उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका जैशीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक ओलीले बताए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   ललितपुरमा ९ वर्षीय छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।