सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु

गते प्रकाशित

टोकियो, जापान । जापानमा सडक दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ। जापानको साईतामा केनमा सडक दुर्घटनामा परि हिजो सोमबार राति माईकल गौचन नाम गरेका नेपाली युवाको ज्यान गएको त्याहाँ स्थित नेपालीहरुले बताएका छन्।

म्याग्दी स्थायी घर भएका गौचन विद्यार्थी भिषामा जापान आएका गौचनको सडक पारगर्ने क्रममा गाडीको ठक्करबाट ज्यान गएको हो।

गौचनले ग्रीन ईन्टरनेशनल कलेज योकोहामाबाट भाषा विद्यालय सेन्मोन गाक्को सकेर साईतामा केनमा जापानी कम्पनीमा काम गर्दै आएका थिए।

गत वर्ष मात्रै नेपाल गएर विवाह गरी फर्किएका गौचनकी श्रीमती र उनको परिवार हाल काठमाडौँमा वसोबास गर्दै आएका छन्।

साईकलमा सवार गौचनलाई सडक पार गर्नेक्रममा गाडीले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको थियो। गौचनको मृत्युका विषयमा थप अनुसन्धान भईरहेको नेपाली राजदूतावास जापानले जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।