The news from New Generation with new vision.

रातो कार्पेट बिछ्याएर नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा स्वागत

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली केही बेरअघि त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।

यूएईविरुद्धको एक दिवसीय र टी–२० शृङ्खला जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टिमको स्वागतमा विमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो ।

नेपाली खेलाडीलाई स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालगायत विमानस्थल पुगेका छन् । यसैगरी राखेपका उपाध्यक्ष र सदस्य सचिव पनि विमानस्थल पुगेका छन् । साथै ठूलो संख्यामा प्रशंसकको उपस्थिति विमानस्थलमा रहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलबाट त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषरमा लगेर सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   भक्तपुरमा रथ तान्ने क्रममा ढुंगा हानाहान, ९ घाइते
सम्बन्धित पाेष्टहरु