The news from New Generation with new vision.

११ वर्षिया बालिकाको छिमेकीद्वारा सामुहिक बलात्कार, बलात्कारपछि हत्या

मोरङ । विराटनगर ८, बलुवाहीस्थित सिंघिया खोलामा मृत भेटिएकी ११ वर्षीया गुडिया भनिने रूपमती दासको दुईजना छिमेकीले बलात्कार गरी हत्या गरेको खुलेको छ।

माघ १२ गते शनिबार राति स्थानीय २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारी र १९ वर्षीय चन्दु महतोले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ। एक साताको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी दुवै जनालाई सार्वजनिक गरेको थियो। मजदुरी गर्दै आएका उनीहरू लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ। रूपमतीको शव माघ १३ गते आइतबार बिहान घरभन्दा ६ सय मिटरपूर्व सिंघिया खोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो।

नारायण आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत रूपमती शनिबार साँझ छिमेकी नइमको घरमा टेलिभिजन हेर्न गएकी थिइन्। त्यसअघि आमा मन्नीदेवी र बुवा रामप्रसाद दासले उनलाई २० रुपैयाँ दिएर भुजा र चुरोट किन्न पसल पठाएका थिए। भुजा पसल बन्द भएकाले उनले चुरोट मात्रै लिएर आइन्। रामप्रसादले खाना खाएर छिमेकी नइमको घरमा टेलिभिजन हेर्न जाँदा बाटैमा रूपमतीसँग चुरोट लिएका थिए। बाँकी १५ रुपैयाँ आफूलाई दिएर उनी छिमेकीकै घरमा टेलिभिजन हेर्न गएको आमा रूपमतीले बताएकी थिइन्।

रामप्रसादले आफू टेलिभिजन हेर्न बसेलगत्तै अब्बास आएर तुरुन्तै फर्केर गएको बताएका थिए। अब्बास नइमको घरबाट निस्केको र रूपमती आफ्नो घरबाट निस्केको समय एउटै छ। घरअघिको गल्ली हुँदै सडकमा पुगेपछि पूर्वयोजनाअनुसार रूपमतीको मुख थुनेर अपहरण शैलीमा ती दुई युवकले लगेको प्रहरीले जनाएको छ।

रूपमती नइमको घरमा टेलिभिजन हेर्न जाने क्रममा चन्दु र अब्बासले बस्तीनजिकको विराटेश्वर वृद्धाश्रमको पूर्वपट्टि चौरमा लगेको अनुसन्धानबाट खुलेको छ। त्यहीँ लगेर दुवैले पालैपालो बलात्कार गरेको प्रहरीसँग बयानमा स्विकारेका छन्। प्रहरीका अनुसार अब्बासले रूपमतीको मुख थुनेर समातेपछि पहिले चन्दुले र त्यसपछि अब्बासले बलात्कार गरेको उनीहरूले बयान दिएका छन्। ‘दुवै जनाले पालैपालो बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरे,’ प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने, ‘अनि शव उठाएर ल्याई सबै लुगा खोलेर सिंघिया खोलामा फालिदिए।’

यो पनि पढ्नुहोस् :   कतारी राजदूतकाे प्रस्ताव : नेपालकाे पानी किन्न सकिने

उनीहरूको बयानकै आधारमा प्रहरीले नदीनजिकैको झाडीमा लुकाइएको रूपमतीको लुगा बरामद गरिसकेको छ। रूपमतीको टोपी भने बलात्कार गरेकै ठाउँबाट माघ १६ गते बरामद भएको थियो। टोपी छुटेको थाहा नपाएको उनीहरूले बयान दिएका छन्। शव फालेपछि दुवै जना आ–आफ्नो घर गएर सुतेका थिए। अब्बासलाई रातभरि निद्रा नलागेपछि आइतबार बिहान ६ बजे शव हेर्न गएको र झाडीमा अडकेको देखेपछि पुनः धकेलिदिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

दुवैजनाको मोबाइल लोकेसन र कल डिटेल रेकर्ड बयानसँग मिलेको प्रहरी उपरीक्षक केसीले बताए। उनका अनुसार रूपमतीलाई उठाएको, बलात्कार गरेको, शव फालेको र लुगा लुकाएको भनेको ठाउँ दुवै जनाको मोबाइल लोकेसनमा देखिएको छ। केसीले घटनाको गम्भीरता देखेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा शवको पोस्टमार्टम गराएको बताए। पोस्टमार्टम प्रतिवेदनमा यौनसम्पर्क र घाँटी थिचेर श्वास बन्द भएकाले मृत्यु भएको उल्लेख थियो।

प्रहरीका अनुसार अब्बासले त्यसैदिन रूपमतीकी काकी मञ्जुदेवीलाई लागूऔषध नाइट्रोसन खुवाएर बलात्कार गर्ने प्रयास गरेका थिए। पाउरोटीमा लागूऔषध मिसाएको भेटेपछि मञ्जुदेवीले नखाएको प्रहरीले जनाएको छ।

रूपमतीको शव भेटिएपछि प्रहरीले सुरुबाटै गम्भीरतासाथ अनुसन्धान अघि बढाएको थियो। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु