आज फेरी बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ

गते प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ।

शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ ।

भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले जनाएको छ ।

गएको पुस १८ गते निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले घटाएको थियो ।

जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँमा झरेको थियो भने यस्तै डिजल र मट्टितेलको भाउ ९५ रुपैयाँ प्रतिलिटरमा झरेको थियो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   व्यापक चर्चा भएपछि गायक शर्माले फेसबुकमा लेखे दोश्रो स्टाट्स

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।