The news from New Generation with new vision.

आहा ! स्वरेक मैदानमा प्याराग्लाइडिङको मज्जा

कुमार बाबु हितंगा/स्याङ्जा

पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो स्याङ्जा । यहाँका थुप्रै स्थानहरुमा पर्यटकहरु भरिभराउ हुने गर्दछन् । स्याङ्जा जिल्ला आइपुगेका आन्तरिक तथा पर्यटक जो कोहीले पनि रोजाई स्वरेक मैदान बनाउने गरेका छन्।

स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ५ मा पर्ने स्वरेक मैदान पर्यटकीय रुपमा विकास गर्न खोजिएको छ । स्वरेक मैदानलाई धार्मिक, सांस्कृतिक र मूख्य गरि प्याराग्लाइडिङको रुपमा हेरिने गरिन्छ ।

हालसालै यस स्थानमा पहिलो पटक अन्तराष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता २०७४ सम्पन्न भईसकेकाले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिरहेको सन्दर्भमा हवाई साहसिक पर्यटकको सङ्ख्यामा बृद्धि गर्ने, हवाई खेलको सम्भावनालाई विश्वसामु उजागर गर्ने र आँधीखोला भ्यालीको हवाई खेलको सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका–१ बयरघारीबाट ९ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १०/११ किलोमिटरको कच्ची सडक हुँदै यस स्थलमा पुग्न सकिन्छ । स्वरेक मैदान जाने बाटोमा जानकारीको लागि बोडहरु राखिएकाले पुग्नलाई सहज हुने गर्दछ । 

स्वरेक मैदानबाट देखिने पल्लो डाँडाँहरुको मनोरम दृश्यले प्रकृतिले बनाएको पनि यस्तो हुन्छ र भन्ने प्रश्न आउने गर्दछ । अति मेहनत गरेर कुदेर बनाइएको जस्तो देखिने स्वरेक मैदानका आकाशमा देखिने रङगी बिरङगी प्याराग्लाइडिङले स्वर्गीय आन्नद प्राप्त हुने गर्दछ । त्यसमा अझै मैदानबाट देखिने अन्नपुर्ण र माछापुच्छे हिमालले मन नलोभ्याउने सायद कमै हुन्छन । 

स्वरेक मैदानको आसपासमा सामुदायिक विधालय र ऐतिहासिक मान्यता बोकेको धार्मिक स्थल पनि रहेको छ । स्वरेकमा दक्षिण एशियाकै पहिलो प्याराग्लाइडिङ स्कूल स्थापना समेत गरिएको छ । 

यस्तो विविध मन लोभ्याउने वाताबरण भएको स्वरेक मैदान जाने बाटो हिउदामा धुलो र वर्खामा हिलो भएर समस्या हुने स्थानियले बताए । स्वरेक मैदानलाई पनि पर्यटन मन्त्रालयले हालसालै सार्वजनिक गरेको पर्यटकीय गन्तब्य अन्तर्गत प्रवद्र्धनात्मक तर्फको सुचीमा सुचीकृत गरेको छ ।

यो पनि पढ्नुहोस् :   जर्मनी नागरिक पोखरामा मृत फेला

तस्बिरहरुः कुमार बाबु हितंगा

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु