सिलिण्डर विस्फोटमा दम्पती घाइते

गते प्रकाशित

पर्सा । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन्।

वीरगन्ज महानगरपालिका-११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उहाँकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो।

घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको उहाँले जानकारी दिनुभयो। सो विस्फोटमा कोठामा रहेका समान समेत जलेर नष्ठ भएका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   भारतीय पक्षले रोकेको ब्रह्मदेबको सडक निर्माण पुन सुरु, बैठकपछि जुट्यो सहमति

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।