The news from New Generation with new vision.

जब सडकको विज्ञापन बोर्डमा एक्कासि पोर्न फिल्म चल्न थाल्यो

1

प्रविधिले कहिलेकाहीँ यति ठूलो धोका दिन्छ कि धेरैलाई लाजमर्नु पार्ने मात्र होइन धर्म संकटमै पार्दछ। चीनमा हालै यस्तै भएको छ। सडक किनारामा रहेको विज्ञापन चलिरहने होर्डिङ बोर्डको स्क्रिनमा एक्कासि पोर्न फिल्म चलेपछि त्यहाँ ठूलै तहल्का मच्चियो।

उक्त पोर्न भिडियो सार्वजनिक स्थानको त्यो स्क्रिनमा लामै समयसम्म चलिरह्यो। बटुवाहरुले त्यसको फोटो तथा भिडियो खिचिरहे। करीब ९० मिनेटसम्म त्यो भिडियो चलिसकेपछि मात्र त्यसलाई बन्द गरियो।

चीनको लियांग सहरस्थित जियांसू इलाकामा यस्तो घटना भएको हो। रातको समयमा सडक किनाराको स्क्रिनमा पोर्न फिल्म चलेको थियो।

समाचार अनुसार सडक किनाराका विज्ञापन स्क्रिनहरुमा विज्ञापनका भिडियोहरु चलाउने कर्मचारीले रातको समयमा एउटा गल्ती गरे। सडक किनाराको त्यो विज्ञापन स्क्रिन कन्ट्रोल रुमबाट बन्द गरेर कम्प्युटरमा पोर्न फिल्म हेर्ने उनको प्रयास रहेछ। तर भुलबस उनले विज्ञापन स्क्रिन र त्यो कम्प्युटरबीचको कनेक्सन अफ गर्न बिर्से। जसका कारण उनले कम्प्युटरमा चलाएको पोर्न फिल्म उनको कम्प्युटरको स्क्रिनमा मात्र होइन सडक किनाराको स्क्रिनमा पनि चलिरह्यो।

जसका कारण सडकमा रातको समयमा हिँड्ने मानिसहरुलाई निकै असहज भयो। कतिपयले चाहिँ फोटो तथा भिडियो खिचेर सोसल मिडियामा अपलोड समेत गरे। झण्डै ९० मिनेटपछि आफ्ना सहकर्मीमार्फत् सडकको स्क्रिनमा पोर्न फिल्म चलिरहेको भन्ने जानकारी पाएपछि मात्र उनी झसँग भए र हतपत कम्प्युटरमा चलाइरहेको पोर्न फिल्म बन्द गरे।

समाचार अनुसार ती कर्मचारीमाथि पुलिसले अनुसन्धान गरिरहेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जिम्बावे क्रिकेटमाथि आईसीसीले लगायो प्रतिबन्ध
सम्बन्धित पाेष्टहरु