नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो ?

गते प्रकाशित

काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। साताको पहिलो दिन सुन तोलामा २ सय रुपैयाँले घटेको हो।

हिजो प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै हिजो ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय ६० रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   तयार भयो २०७६ सालको पात्रो, असोज १२ देखि दशैँ सुरु हुने

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।