घोराही कारागारमा एक थुनुवाको मृत्यु

गते प्रकाशित

दाङ । दाङमा एक थुनुवा व्यक्तिको ज्यान गएको छ । जबरजस्ती करणी उद्योग मुद्धामा पूर्पक्षका लागि घोराही कारागारमा रहेका बगंलाचुली-६ निवासी ५५ वर्षीय तिलबहादुर महराको ज्यान गएको छ ।

बुधबार राति एक्कासी बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उनलाई हातखुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   पोखराको लेकसाइडमा प्रहरीको छापा, ८० जना नेपालीसहित विदेशी पर्यटक पक्राउ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।