सप्तकोशीमा नेपाली झण्डा फहराउँदै चले पानीजहाज

गते प्रकाशित

काठमाडौँ । संसद्को हिउँदे अधिवेशनमा केही दिनअघि पानीजहाजको चर्चा चल्यो। सांसद्हरूले प्रधानमन्त्रीलाई पानीजहाजको टिकट कहाँ पाइन्छ ? भनेर व्यंग्य गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘पानीजहाज चढ्नका लागि धैर्य गर्न’ आग्रह गरे।

त्यसो त प्रधानमन्त्री ओलीले दुई वर्षअघि एउटा कार्यक्रममा हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानीजहाज चलाउने घोषणा गरेका थिए। गत जेठमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा छ सदस्यीय ‘इन्यान्ड वाटर वे अध्ययन समिति’ पनि बनाएका थिए।

समुद्रमा पानीजहाज चलाउने सरकारको योजनाले त अहिलेसम्म मूर्त रूप लिएको छैन तर नेपालकै सप्तकोशी नदीमा भने निजी क्षेत्रका लगानीकर्ताले धमाधम नेपाली झण्डा गाडिएका साना पानीजहाज (जेट बोट) धमाधम चलाउन थालेका छन्।

हालै ‘बराहक्षेत्र मेरिन रिसोर्ट प्रालि’ले नयाँ २५ जना अट्ने जहाज ल्यायो। नेपाली झण्डा गाडिएको त्यो जहाज अहिले चाइनिज प्राविधिकले सप्तकोशीमा परीक्षणका रूपमा कुदाइरहेका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   विप्लवलाई प्रधानमन्त्रीको अल्टिमेटम, चैत मसान्तसम्म वार्तामा नआए जे पनि हुन्छ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।