The news from New Generation with new vision.

गुट्खा खाँदाखाँदै अड्किएर एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले मंगलबार दिएको जानकारी अनुसार सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार राति गुट्खा खाँदा घाँटीमा अड्किएपछि मृत्यु भएको हो ।

उनको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   अपराह्नकालमै गर्नुपर्ने सोह्र श्राद्ध प्रारम्भ
सम्बन्धित पाेष्टहरु