The news from New Generation with new vision.

कांग्रेस नेता रामचन्द्र पौडेललाई आफ्नै कार्यकर्ताको मार्मक पत्र, पहिला जिल्ला मिलाउनुस्

11

आदरणीय वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यू,
नमस्कार, जय नेपाल

आरामै हुनुहुन्छ होला सायद । तपाईको जिल्ला दौडाहा व्यस्तता देख्दा अहिलेसम्म स्वस्थ्यको जानकारी लिनपर्न अवस्था छैन जस्तो लाग्छ। मेरो व्यक्तिगत रूपमा अझै हजुरको त्यो वेग नरोकियोस् भगवान संग प्रथाना गर्छु। चिसो मौसममा शरिरमा थर्मकोट, दौरासुरुवाल, सुइटर, कोट, गलामा गलबन्दी र शिरमा ढाकाको टोपी लगाउदा लाग्छ चिसो मौसममा न्यानो कपडाले शरीरलाई तातो पारेर हिड्नु भएकै छ।

लेख्नपर्ने नवीन समाचार त खासै केहि छैन। तपाईंको गृह जिल्ला तनहुँमा बिहानीको भिसमिसे उज्यालोसंगै चियाको चुस्कि लिदै दमौलीमा कांग्रेसका नेताहरू चिया खाने पसल र कम्युनिस्ट नेताहरू भेला हुँदै चिया खाने पसलमा चियाको स्वाद लिदै केही दिन भयो सुनिने गर्छ तपाईं र गोविन्दराज जोशीको बारेमा निकै टीकाटिप्पणी भइरहेको देख्दा केही लेख्यौ भन्ने लाग्यो अन्यथा नसोच्नु होला।

म तनहुँमा बसिरहेकाले कांग्रेसजनको मनोभाव के छ देशभरि भन्न सक्दिन। तर गत निर्वाचनमा कांग्रेसको किल्ला तनहुँमा पार्टीबाट उम्मेदवार बनेर पराजित भएकाको भन्दा बढी गाउँ गाउँमा संगठन गरेर पार्टीको माया गर्ने मनहरू बढी भक्कानिएको छ जस्तो लाग्छ। २०४८ सालदेखि ७० सालसम्म पराजित नभएको कांग्रेस अहिले हार्दाको पिडा एक वर्ष बितिसक्दा समेत ताजै छ। निर्वाचनमा भएको लज्जाजनक पराजयलाई आमकांग्रेसी मतदाता, समर्थक र शुभेच्छुकले पीडाबोध गर्दा एकथरी कांग्रेस चुढ्की ठोकेर बसेको अवस्था छ। तनहुँको चिया पसल, सडक, गल्ली, घर र चौराहामा कुरै अचेल यही छ।

कांग्रेसको गढ मानिएको क्षेत्र र तपाईं लगाएत तनहुँमा उम्मेदवार रहेका प्रभावशाली नेतासमेत चुनावी मैदानमा पछारिएका छन् । यो चुनावबाट नेपाली कांग्रेस इतिहासकै सार्वाधिक अलोकप्रिय र कमजोर पार्टीका रुपमा स्थापित भएको छ।

सकिसकेको प्रसंग निकाल्न मन पक्कै थिएन तर तपाइँलाई हराउन कम्मर कसेर लागेका गोविन्दराज जोशी निकट पक्षको माग ८ गते जिल्ला समान्तर समिति बनाउने तयारी संगै यी वितेका बेतीत प्रंसग उठाउन मन लागेको हो।

यो पनि पढ्नुहोस् :   एनआरएन युकेको उपाध्यक्षमा एलबिजेड नै किन ?, यस्ता छन् एजेण्डाहरु

तपाईं नेता मात्र होइन सिङ्गो पार्टी भित्र दोस्रो ठुलो बरियताको अभिभावक पनि हो। आफ्नै घर बलियो नभनाई सारा संसार जित्न धौधौ हुनेछ। पराजित भएसंगै अब कांग्रेस नेतामा चेत आउला ? भन्ने अहं प्रश्न सर्वत्र सुनिन्छ । कैयन्जनालाई मैले के हुँदा चेत आएको बुझिन्छ भनी सोधेँ पनि । सबैले नेताको व्यक्तिगत आचरणमा मित्रवत् व्यवहार होस्, नेताको घरदैलोमा होइन, नेता जनताको घरदैलोमा भेटिउन् । नेताका आसेपासे, चाकडीवाज र परिवारका सदस्यले कार्यकर्तामाथि गर्ने हैकम र अपमानवोधबाट मुक्त हुने अवस्था बनोस् भनी अनेकन् उदाहरण दिए। अत्यन्त सामान्यझैँ लाग्ने तर हाम्रो समाजमा विद्यमान ठालुतन्त्र र सामन्त प्रवृत्ति चिरेर कांग्रेस नेताहरू आफ्ना मतदाता जस्तै हुन सहज भने पक्कै छैन।

कांग्रेस तनहुँका जिल्लामा मात्र हारेको छैन, देशभर पराजय भोगेको छ। कम्युनिस्ट एकता कारण मात्र पराजय होइन तनहुँमा कांग्रेस भित्रका भुतहरू धेरै भएर पराजय भोगेको हो। त्यत्ति मात्र होइन तपाईले भागडोर समाल्न दिनुभएका जिल्ला नेतृत्व, तपाइको एकमात्र पुत्र चिन्तन पौडेलको हैकम, उदण्डले पनि तपाइलाई ठेस लाग्न पक्कै मद्दत पुगेको थियो। तर तनहुँमा हामी जस्ता हजारौं कार्यकर्ता पौडेल कांग्रेस र जोशी कांग्रेस होइन हामी सचेत हुदै पार्टी विधि,विधान र संस्थागत रूपमा सिद्धान्तमा चलेको पंक्तिमा लाग्नुपर्ने देखिन्छ।

पार्टीसँग कमजोर राजनीतिक एजेन्डा, अराजनीतिक कार्यकर्ता र जनताबीच संवाद गर्न अक्षम नेतृत्व थियो। जसले निर्वाचनको माहोलमा ‘वाकओभर’ को स्थिति आयो। राजनीतिक विचार, संगठन र वैचारिकरूपले सक्षम कार्यकर्ता र जनताबीच संवाद गराउनु पर्नमा तपाइँकै सल्लाहकार जिल्ला नेतृत्व लिएर बसेकाले सबै मैले मिलाएको छु भन्दै तपाइँलाई आवस्त बनाए जनतासंग खासै टच गराउन चाएनन् तपाइँले राम्रोसंग बुझ्नु भएकै होला यस्ता सामान्य कुरा मैले बुझाउनु नपर्ला सायद।

कांग्रेस अर्थात तपाई सत्तारोहण गर्न जहिल्यै हतारिने र सत्तामा गैसकेपछि जनअपेक्षा अनुसार जिल्लाका बासीलाई हरेक कोणबाट केहि गर्ने नसक्ने नेतामा चिनिनु भयो र गरेका राम्रा कामको पनि खुलेर प्रचारप्रसार गर्न नसक्नु गल्ती भएकै हो। तपाईं र जोशी सर २०४८ सालबाटै जिल्लाको विकासमा लागेको भए प्रचण्डले भनेको जस्तै तनहुँ सिंगापुर र सुईजरल्याण्ड हुदैन थियो भन्न सकिदैन। जोशी जस्ता बिकास प्रेमि नेताहरू देशले खोज्दै गर्दा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपि गुप्ता देशको माया गर्ने र पार्टीले सुदृढ बनाउनलाई लाग्ने मेहनती नेतालाई एक पंक्ति सक्काउन लागेको पनि छर्लङ्ग नै छ।

यो पनि पढ्नुहोस् :   पोखरामा पेन गन सहित रानाभाट पक्राउ

तनहुँका संस्थापक नेताहरू स्व. गोबर्धन शर्मा, मेधनाथ कैनी, पदमबहादुर आले, तारापति भट्टराई लगाएतको आत्माले पनि तनहुँ कांग्रेस बनेको मिलेको हेर्ने रहर पक्कै छ होला यसमा तपाइँले बनाइदिनु पर्छ किनकि अभिभावक भएकै कारण नैतिक रूपमा तपाइले जिम्मेवार लिनुपर्ने पनि त हुन्छ।

लेख्दा लेख्दै लामो भयो होला अब अन्त्यमा जोशीपक्षले यस्तै पार्टी विरुद्ध अराजक गतिविधि मच्चाइ रहेका बेलामा जिल्ला नेतृत्व र जोशी पक्षको जिल्ला अधिवेशन समितिका संयोजकको दोहोरो विज्ञप्ति भन्दा सहमतिको बाटोहरू खोज्ने बेला आएको छ। जोशीलाई कार्वाही गर्दै गर्दा उनका सयौं कार्यकर्ता कसरी रोक्न सकिन्छ त्यस पक्षमा पनि बेलैमा जिल्लाका नेताहरूले कदम चाल्नुपर्ने देखिन्छ।

प्रकाश अधिकारी
क्रियाशील सदस्य
व्यास १२ देउराली, तनहुँ

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु