The news from New Generation with new vision.

ज्ञान भित्रको विज्ञान

25

लोकराज भण्डारी
नाशाले आफ्ना वैज्ञानिकहरुलाई प्रवेश गराउनु पुर्व पन्ध्र दिनको संस्कृत भाषाको कक्षा दिन्छ । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टीन, आणविक बमका पिता मानिने अमेरिककी वैज्ञानिक रोबर्ट आपेनहाइमर लगाएतले भागवत् गीताको अध्ययन गरेका थिए । यो सबै हामिले सुन्दै आएका हौँ, सुन्दाखेरी नाक ठुलो पारेर मख्ख अनि दंग पछौँ । यस्ता दन्त्य कथाहरु, भगवान्का किताबहरु बैज्ञानिकले पढे रे, तर कहिले सोच्दैनौं, आखिर किन पढे त गिता, पुराणहरु ?

पुर्विय दर्शनका वेद, उपनिषद् महाभारत, त्यसको अंग गिता, रामायण, पुराणहरु के सबै काल्पनिक कथाहरु मात्र थिए कि त्यसमा विज्ञान पनि लुकेको छ । यस बिषयमा धेरै बहस पनि भएका छन् र विभिन्न किताबहरु पनि प्रकाशित भएका छन् । श्रीकृष्ण, राधा, राम, सिता, शिव, पार्वती, ब्रह्मा, विष्णु जस्ता पात्रहरुको अस्तित्व थियो या थिएन ? यो बिषय स्वंम धर्मको व्याख्या गर्नेहरुले उत्तर दिनुहोला । मलाई यी पात्रहरु थिए या थिएनन् त्यससंग कुनै सरोकार थिएन । किनकी देवताहरुको पनि देवता भगवान् शिव पनि श्लेषमान्तक बनमा गएर ध्यान गरेका कथाहरु छन् । भगवान्लाई संकट पर्दा भगवान्हरु पनि भगवान्हरुको शरणमा गएको कथाहरु छन् । अनि मनमा प्रश्न उठ्छ, शिवले किन ध्यान गर्थे ?, के माथि ध्यान गर्थे ? वा कसलाई भगवान् मान्थे त ?

खैर यो बिषयलाई यहि थाति राखौं । हामिलाई पात्र भन्दा पनि चरित्र हेर्नु छ, र दर्शन जुन आजको विज्ञानसम्म आइपुग्दा तिनिहरुको महत्व के छ ? त्यसमाथि जिज्ञाशा हुनु पर्दछ । आजको विज्ञान प्रमाणमा आधारित छ । जे लाई प्रमाणित गर्न सकिन्छ, त्यहि विज्ञानले स्वार्काछ । त्यसको अस्तित्व छ वा थियो ।

के विज्ञानले भने झैँ भगवान्को अस्तित्व थिएन त ? यो कुरामा पनि धेरै बहस हुन्छ र हुनुपनि पर्छ, पुविर्य दर्शनले भनेको “बादे बादे तत्व जायते तत्व बोध” अर्थात् बादविवाद वा अध्ययनले मात्र तत्व जानिन्छ, सत्य निस्कन्छ । १३ सय भन्दा बढि चिज आविस्कार गर्ने वैज्ञानिक थोमल एल्भा एडिसनले पनि झण्डै एक हजार पटकको प्रयासमा चिमबाट विश्वलाई प्रकाश छर्न सफल भएका थिए । एक प्रसंग यहाँ उपयुक्त होला । अमेरिकी वैज्ञानिकहरुको एक टिमले आणविक बमको सफल परिक्षण गरे ।

यो पनि पढ्नुहोस् :   किन मनाइन्छ गाईजात्रा !

सबै खुसीयाली साटासाट गर्थै थिए तर आणविक बमका पिता मानिने अमेरिककी वैज्ञानिक रोबर्ट आपेनहाइमरले एउटा कुनामा गएर किताब हेर्दै थिए । अरु साथिहरुले सोधे किन खुसीयाली नमनाएर किताब हेरेर बसेको ? रोबर्टको भनाई थियो । म यो गिता हेर्दै छु । हाम्रो सफल परिक्षण र गिताको ब्रह्मास्त्रको बिषय मिल्छ की नाई भनेर ? भनिन्छ गिता र महाभारतको शुक्ष्म अध्ययनबाट नै प्रभावित भएर आणविक बमको निमार्ण भएको थियो । आपेनहाईमरले आफ्नो मिसनलाई “ट्रिनटी” अर्थात् “त्रिदेव” नाम दिएका थिए ।

पुर्विय दर्शनमा चार युग रहेका छन् । ति हुन् सत्य, त्रेता, द्धापर र कलियुग । अहिले चलिरहेको कलियुग हो । सत्य युगको पुर्ण आयु १७ लाख २८ हजार बर्ष हो । यो युगका मानिसहरु को आयु औषत एक लाख बर्ष थियो । त्रेतायुगको पुर्ण आयु १२ लाख, ९६ हजार बर्षको हो । यो युगमा मानिसको औषत आयु १० हजार बर्षको थियो । द्वापरयुगको आयु ८ लाख ६४ हजार बर्षको थियो । यो युगका मानिसको औषत आयु एक हजार बर्षको थियो । र अहिले चलिरहको कलियुगको आयु ४ लाख ३२ हजार बर्षको हो । यहाँका मानिसको आयु एक सय बर्ष हो ।

यो पुविर्य ग्रन्थहरुबाट लिइएको हो । एउटा मानिसको आयु एक लाख बर्ष कसरी हुन सक्छ ? नचाहिने कुरा गरेजस्तो लाग्छ तपाई हाम्रो विवेकलाई । एकपटक विश्वकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टीनलाई हेरौँ । हामिले शिव, कृष्ण, बुद्धले बताएका कुरा कथा लाग्छ तर न्युटन, डार्बिन, आइन्स्टीनले देखाएका कुरा सोच्दै नसोची सय प्रतिशत सत्य मान्छौ ।

आइन्स्टाइनको theory of  relativity हामी सबैलाई थाहा छ । किनकी हामीले स्कुलमा पनि पढ्दै आएकौ हौँ । जब अल्बर्ट आइन्स्टीनले सापेक्षाबादका सिद्धान्त प्रकाशित गरे । त्यसै सिद्धान्तका आधारमा टाइम ट्राभलको पनि कल्पना गरे । आइन्स्टीनको यो सिद्धान्त आउनुभन्दा पहिला पुरा ब्रह्माण्डको समयको गति एउटै हुन्छ भन्ने विश्वास थियो, तर आइन्स्टीनले त्यसलाई नकारेर ब्रह्माण्डमा समयको गति भुगोल अनुसार फरक हुने तर्क गरे ।

यो पनि पढ्नुहोस् :   किन मनाइन्छ गाईजात्रा !

उनका अनुसार यस पृथ्वीको समयको रफ्तार र अन्य ग्रहको समयको रफ्तार फरक हुन्छ । उनले अन्तरिक्ष र समय एक अर्काबिच सम्बन्धित् छ । समय एक 4th डायमेन्सन वा चौथो आयम हो । समयको गति छिटो र ढिलो हुन्छ । उनको सिद्धान्त अनुसार हामी प्रकाशको गति अनुसार समयको गति निर्धारण गर्न सकन्छि । यसलाई समयको फैलाब अथवा (Time dilation) भनिन्छ ।

अर्को कुरा गरौँ गुरुत्वाकर्षण शक्तिको । वैज्ञानिकहरुका अनुसार ब्रह्माण्डमा जति पनि पिण्डहरु छन् तिनिहरुको सयको गति गुरुत्वाकर्षण शक्तिको अनुसार चल्दछ । जहाँ गुरुत्वार्कषण बढि हुन्छ त्यहाँ समयको गति ढिलो हुन्छ । जस्तोकी मंगल ग्रहमा समयको रफ्तार तेज गतिमा चल्छ, भने बृह्सपतीमा सयको गति पृथ्वीको तुलनामा कम हुन्छ । किनकी पृथ्वीको गुरुत्वार्कषण शक्ति मंगलको भन्दा बढि र बृहस्पतीको भन्दा कम छ । यस्तै ब्लैक होललाई प्राकृतिक समय मेसिन पनि भनिन्छ । ब्लैक होलको गुरुत्वार्कषण शक्ति यति धेरै हुन्छ कि प्रकाश समेत हराउँछ । यहाँ यमय अरु आकाशिय पिण्डको तुलनामा धेरै कम गतिमा चल्छ । मानौ मानिस ब्लैक होलको नजिक पुग्न सक्यो भने त्यहाँ पाँच बर्ष वितायो भने पृथ्वीमा त्यसको १० बर्ष बितेको हुन्छ । यो अनुमान हो तर यसलाई विज्ञानले स्वीर्कायको छ ।

हाम्रो पुर्विय दर्शनमा सत्य युगमा भगवान् ब्रह्म, विष्णु, शिव अर्को लोकमा बसेर पृथ्वीमा भएका ऋषिमुनिहरुको ज्ञानको परिक्षा लिएको, वा भेष बदलेर पृथ्वीमा आएको कुरा पढ्नुभएको होला । नपढेपनि कथाहरु सुन्नु भएको छ होला । यसकारण यो जुन चार युगहरु छन् यी पनि फरक फरक ग्रहहरुका युग हुन् । र आजको जुन कलि युगमा हामी पृथ्वीमा छौ सत्य युग अर्कै ग्रहमा थियो र सायद त्यस ग्रहको गुरुत्वकर्षण शक्ति पृथ्वीको भन्दा बढि थियो त्यसैले त्यहाँको मानिसहरुको आयु एक लाख बर्ष सम्मको हुन्थ्यो ।

यो पनि पढ्नुहोस् :   किन मनाइन्छ गाईजात्रा !

अब न्युटन, आइन्स्टीन, स्टेफन हकिङ्स जस्ता वैज्ञानिकहरुले भनेका समयको गतिलाई हामि पत्याउछौ तर हाम्रा शास्त्रहरुका कुराहरु हामिलाई दन्त्य कथाको ज्ञान मात्र भनि बुझ्छौ । हाम्रो पुर्व पश्चिम भन्दा हजारौ बर्ष पहिलेदेखि नै अगाडि छ । यहाँको विज्ञानलाई विस्तारै सिक्दै गएको पश्चिमी विज्ञानले आगामी हजारौ बर्ष सम्म पनि हाम्रो विज्ञानको पाँच प्रतिशत कुराहरु पनि भेट्टाउन सक्दैन । त्यसैले हाम्रो पुविर्य शास्ञ ज्ञान भित्र लुकेको विज्ञान हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु