The news from New Generation with new vision.

वाइडबडी खरिद प्रकरणः कंसाकारलाई हदैसम्मको कारबाही, सचिव राईलाई क्लिन चिट !

9

काठमाडौं । सार्वजनिक लेखा समितिले वाईडवडी विमान खरिद अनियमिततामा मुख्य दोषी रहेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले तत्कालीन पर्यटन सचिव हालका गृह सचिव प्रेम कुमार राईलाई भने सफाई दिएको छ।

यसअघि समिति अन्तर्गतको उपसमितिले विमान खरिद प्रक्रियाको सुरुवात राईबाट भएको भन्दै कारवाहीको सिफारिस गरेको थियो । प्रतिवदेनमाथिको छलफलको क्रममा राई संलग्न भएको भनिएको नेपाल वायुसेवा निगमबाट प्राप्त जानकारी नै गलत भेटिएपछि समितिले सचिव राईलाई कारवाहीको सिफारिस गर्नुपर्ने नदेखिएको भन्दै सफाई दिएको हो ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हालका सचिव कृष्णप्रसाद देवकोटालाई विमान खरिद नियम संगत नभएको देखिएको अवस्थामा पनि अन्तिम किस्ता भुक्तानी गरेको भन्दै निलम्बन गरी अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको सम्बन्धमा थप छानविन गरि हदैसम्मको दण्डसंजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

त्यस्तै तत्कालीन पर्यटन सचिव शंकरप्रसाद अधिकारीलाई पनि हदै सम्मको दण्ड सजायको निर्देशन पनि दिइएको छ । मन्त्रीहरुको सवालमा भने समितिले अलि लचिलो हुँदै नैतिक जिम्मेवारी र कानुनसम्मत कारवाहीको निर्देशन गरेको छ ।

वेरुजु फस्यौैट गर्ने मुख्य जिम्मा लेखा उत्तरदायी अधिकृतको हुने भएकाले समितिले वहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्व पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समान रुपमा नैतिक जिम्मेवारी लिँदै कानुनी कारवाहीको निर्देशन दिएको हो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   एनआरएन युकेको उपाध्यक्षमा एलबिजेड नै किन ?, यस्ता छन् एजेण्डाहरु
सम्बन्धित पाेष्टहरु