आजबाट घट्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति ?

गते प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा झरेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   अजय सुमार्गीको २५ रोपनि जग्गा नेकपाको कब्जामा

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।