The news from New Generation with new vision.

मलेसियाका यी ठाउँमा चुरोट खानेलाई १० हजार रिंगिट जरिवाना

5

क्वालालम्पुर, मलेसिया । आजबाट मलेसियाका रेष्टुरेण्ट र खाजा होटलमा चुरोट खान नपाईने भएको छ। यस्ता सार्वजनिक ठाउँमा चुरोट खाँदा बालबालिका र गर्भवती महिलासहित धेरै प्रभावित हुने भन्दै मलेसिया सरकारले ति ठाउँमा चुरोट खान प्रतिबन्ध लगाएको हो।

यदि प्रतिबन्ध लगाएको ठाउँमा चुरोट खाइएको पाइएमा १० हजार रिंगिट जरिवाना अथवा २ वर्ष जेल बस्नुपर्नेछ। यस्तै रेष्टुरेण्टहरुले चुरोट खाने अनुमति दिएको पाइए उनीहरुलाई समेत २५ सय रिंगिट जरिवाना हुनेछ । साथै रेष्टुरेण्टहरुले धुम्रपान गर्न मनाही गरिएको सन्देश दिने चित्र प्रष्ट रुपमा देखिने ठाउँमा राख्नुपर्ने भएको छ।

जरिवाना र जेलको प्रावधान ६ महिनासम्म लागु गरिने छैन। सुरुमा प्रचारप्रसार गरिने, चुरोट खाएको भेटिए सम्झाउने तर पटक पटक दोहोर्याए उनीहरुको विवरण राखिने मलेसिया सरकारले जनाएको छ।

प्रतिबन्ध लगाइएका ठाउँमा चुरोटसँगै हुक्का जस्ता निकोटिनजन्य पदार्थ पनि खान पाइने छैन। प्रतिबन्ध लगाइएका ठाउँबाट तीन मिटर परसम्म यो नियम लागु हुने द स्टारले जनाएको छ। मलेसियाका कार्यवहाक स्वास्थ्यमन्त्रीले यसलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   एनआरएन युकेको उपाध्यक्षमा एलबिजेड नै किन ?, यस्ता छन् एजेण्डाहरु
सम्बन्धित पाेष्टहरु