सार्वजनिक स्थलमा बाँदरलाई यौन दुर्व्यवहार गर्ने महिलालाई तीन वर्ष जेल

गते प्रकाशित

इजिप्ट । सार्वजनिक स्थलमा बाँदरको गुप्ताङ्ग समातेको आरोपमा इजिप्टमा एक महिलालाई तीन वर्षको जेल सजाय तोकिएको छ।

समाचार एजेन्सीहरुका अनुसार स्थानीय एक अदालतले बसमा अहमद नाम गरेकी ती महिलालाई बाँदरको यौन शोषण गरेको आरोपमा जेल सजाय सुनाएको हो ।

एउटा पसलमा राखिएको बाँदरलाई उनले दुर्व्यवहार गरेको बताइएको छ । ९० सेकेन्डको भिडियो क्लिप सार्वजनिक भएपछि उनीमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको थियो ।

उनले बाँदरको गुप्ताङ्ग समातेर हाँसेको तथा भद्दा टिप्पणी गरेको आरोपमा मुद्दा चलाइएको थियो । सार्वजनिक स्थलमा बाँदरसँग कामुक गतिविधि गरेको अदालतको ठहर छ । महिलाले आफ्नो गल्ती स्वीकार गरे पनि ‘नियतवस’ त्यस्तो नगरेको बताएकी छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   स्त्री होस् या पुरुष, यी ४ कामलाई धेरै दिन लुकाउन सक्दैनन्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।