The news from New Generation with new vision.

काँग्रेस स्याङ्जाका नेता अधिकारीको निधन

स्याङ्जा । लोकतान्त्रिकआन्दोलनका सेनानी नेपाली काँग्रेस स्याङ्जाका नेता शिवकुमार अधिकारीको निधन भएको छ।

ब्रेन ट्युमरबाट पीडित अधिकारीको मंगलबार दिउँसो ३ बजे निधन भएको नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ । लोकतन्त्र स्थापनाको लागि पटक पटक जेल जीवन विताएका अधिकारी जिल्ला बिकास समितिको सभापति समेत भएका थिए ।

अधिकारीको पार्थिव शरीर राजधानीबाट स्याङ्जा राङ्खोला ल्याई भोलि विहान ७ बजे नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यलयबाट साँगर रामनदीधाँम राम्दीमा अन्तिम दाहसंस्कार गरिने काँग्रेस स्याङ्जाका सचिव कुमार रानाले नयाँपुस्तालाई जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता
सम्बन्धित पाेष्टहरु