The news from New Generation with new vision.

मदिरा ब्यवसायी संघ स्याङ्जामा पराजुली सर्वसम्मत

3

कुमार बाबु हिताँगा/स्याङजा । मदिरा बिक्रेताहरुको एक बृहत भेलाले स्याङ्जामा मदिरा ब्यवसायी संघ स्याङ्जा गठन गरेको छ ।

मदिरा ब्यवसायलाई ब्यवस्थित बनाउने उद्देश्यका साथ स्याङ्जा जिल्लाका अधिकृत बिक्रेता, थोक बिक्रेता र खुद्रा बिक्रेताहरूको भेलाले वालिङका ब्यवसायी खिमानन्द पराजुलीको अध्यक्षतामा मदिरा ब्यवसायी संघ स्याङ्जा गठन समेत गरेको छ ।

संघको उपाध्यक्षमा गणेश अर्याल, सचिवमा रबिन के.सी, कोषाध्यक्षमा कृष्ण अर्याल चयन भए । यस्तै सदस्यहरुमा डिल्लिरमण अर्याल स्याङजा ,कृष्ण भट्टराई, कुमार श्रेष्ठ, लालमणी कोइराला,सुजन पौडेल रहेका छन् ।

भेलामा बोल्दै मदिरा ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद नेपालले सरकारले मदिरा ब्यवसायलाई ब्यवस्थित गर्ने नीति निर्माण गरेपनि कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।

नव गठित तदर्थ समितिले एक महिनाभित्र बिधान निर्माण गरि संस्था दर्ता गरिसक्ने संघका सचिव रबिन केसीले बताए ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
सम्बन्धित पाेष्टहरु