The news from New Generation with new vision.

स्कूल बसकै चालक परे मापसेमा, प्रहरीले लियो नियन्त्रणमा

6

विराटनगर । मादक पदार्थ सेवन (मापसे) गरेर चलाइएको एउटा स्कुल बस सहित चालकलाई प्रहरीले मंगलबार विराटनगरबाट नियन्त्रणमा लिएको छ ।

विराटनगरको नमुना विद्या मन्दिर स्कुलका विद्यार्थी बोकेको को क ११६३ नम्बरको बसका चालकले मापसे गरेको पाइएपछि विराटनगर ४ घर भएका चालक ३५ वर्षीय अबुर राजवंशीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

चालक राजवंशी विरुद्ध ‘अभद्र व्यवहार’ को मुद्धा चलाउन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताए । मापसे चेकजाँचमा कडाई गरेको मोरङ प्रहरीले पछिल्लो समय सार्वजनिक र शैक्षिक संस्थाका सवारी साधनमा कडाई गर्न थालेको छ ।

‘यात्रु बोकेका सार्वजनिक सवारी साधनका चालकले मापसे गर्दा यात्रुको ज्यान जोखिममा हुन्छ,’ श्रेष्ठले भने, ‘शैक्षिक संस्थाका चालकले मापसे गर्दा विद्यार्थी जोखिममा पर्छन ।’

त्यही भएर पनि प्रहरीले सार्वजनिक सवारी साधन र शैक्षिक सवारी साधनमाथि निगरानी बढाउन थालिएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   तराई गएको उच्चस्तरीय सरकारी टोली पीडितलाई नभेटी किन फर्कियो?
सम्बन्धित पाेष्टहरु