थाहा पाउनुहोस्, आज को बाहिरिदै छ नेपाल आईडलबाट?

गते प्रकाशित

काठमाडौं । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा सफल नेपाल आइडल सिजन–टु को टप पाँच (फाइभ) बाट आज एक जना बाहिरिने छन् ।

उत्कृष्ट ५ प्रतियोगीहरुले हिजो दिएको प्रस्तुीका आधारमा आज एक जनाले नेपाल आईडलको स्टुडियोबाट बाहिरिने छन् ।

गत शुक्रबार प्रसारित नेपाल आइडलको ३२ औ एपिसोडबाट पवन गिरी बाहिरिएसँगै झापाका सुदिप पाठक, कञ्चनपुरका रवि ओड, पोखराका बिक्रम बराल, झापाकै अस्मिता अधिकारी, वुटवलको अमित बराल नेपाल आइडलको टप ५ मा उक्लिएका थिए ।

एकजना बाहिरिएसँगैं एपी वान टेलिभिजनबाट प्रसारण हुने इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु मा टप–४ मात्र बाँकी रहनेछन् ।

अबको केही समयभित्रै देशले दोस्रो नेपाल आइडल पाउनेछ।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   डुंगाबाट सेल्फि खिच्न खोज्दा फेवातालमा डुबेर एक युवक वेपत्ता

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।