नेपाली चलचित्रको गीतमा पूर्व पोनस्टार सन्नी लियोनीको हट नृत्य

गते प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको ‘पासवर्ड’ सिनेमाका तस्विरहरू सार्वजनिक गरिएका छन् । लन्डनमा करिब दुई सय कोरसको साथमा खिचिएको गीतका तस्विरहरु निर्माण युनिटले सार्वजनिक गरेको हो ।

गीत छायाङ्कनका लागि सन्नी ७ जनाको टिमसहित मुम्बईबाट लन्डन पुगेकी थिइन् । उक्त गीतमा नाच्नका लागि सन्नीले करिब २ करोड भारू पारिश्रमिक लिएको निर्माताले दाबी गर्दै आएका छन् । ‘सन्नि हो नाम मेरो’ बोलको गीतमा बलिउडका कोरियोग्राफर प्रयोग गरिएका छन् ।

गीतलाई बलिउड कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् । विष्णुदेभा सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरेका कोरियोग्राफर भएको ‘पासवर्ड’ निर्माताले जानकारी दिएका छन् । यस गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । सम्राट बस्नेत सिनेमाका निर्देशक हुन् ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन् । यो फिल्मलाई विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने विक्रम जोशी ‘विक्की’, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।