The news from New Generation with new vision.

फोल्हो ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

काठमाडौं । फोल्हो ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।

उत्तरी गोरखा तमु समाज (फुङ) को आयोजना भोली (शनिवार) काठमाडौंमा मित्रनगरमा रहेको तमु ह्युल छोज धी मा कार्यक्रम गर्न लागिएको समाजका महासचिव तेज बहादुर गुरुङले जानकारी दिए ।

कार्यक्रममा फो ल्हो ल्होसारको शुभकामना आदान प्रदान गर्नुको साथै सांस्कृतिक कार्यक्रम मार्फत पनि रमाईलो गरिने महासचिव गुरुङले जानकारी दिए ।

स्मरण रहोस्, यहि समाजले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘फुङ’ पौष ६ र ७ गते सामाखुशी स्थित रानीवारी पार्टी प्यालेसमा प्रदर्शन गरिदै छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बैतडीमा आगलागीबाट एकै परिवारका ३ जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु