The news from New Generation with new vision.

निर्मलाको सम्झनामा शतबीज छरियो

काठमाडौं । ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियानकर्ताहरुले निर्मलाको नाममा शतबीज छरेका छन् ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान उनीहरुले निर्मलाको सम्झनामा पशुपति परिसरमा शतबीज छरेका हुन् ।

निर्मलाको सम्झनामा निधारमा ‘म पनि निर्मला’ लेखेको पट्टी बाँधेर र ‘सरकार भेटियो न्याय भेटिएन’ पोष्टर छात्तिमा टाँसेर सतबीज छरिएको अभियानकर्ताहरुले बताए ।

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास रहेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आफ्नै छोराले गरे गर्धन रेटेर बाबुको हत्या
सम्बन्धित पाेष्टहरु