राष्ट्रपति भवन अगाडी मागियो निर्मलाका लागि न्याय, १२ जना प्रक्राउ

गते प्रकाशित

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान कर्ताहरुले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका ९ पुरुष र ३ जना महिला गरि १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट आउने कार्यक्रम रहेकाले उनीहरुकोे प्रदर्शनले सवारीमा अवरोध आउने भएकाले पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले वृत्तको हिरासतमा राखिएको जानकारी दिँदै डिएसपी प्रसाईले अलि केरकार केही समयमा छोडने तयारी भएको बताए ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै देशव्यापी रुपमा दबाव कार्यक्रम गरिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजिनामा

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।