आयो खुसीको खबर, कोरियाले दिने भयो १० वर्षे मल्टिपल भिसा

गते प्रकाशित

एजेन्सी । दक्षिणपूर्वी एसियाली मुलुकहरूबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरूले अब १० वर्षे मल्टिपल (बहुप्रवेश) भिसा पाउने भएका छन् ।

कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरूमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम रहेका छन् । डिसेम्बरबाट लागू हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत गर्न पाइने छ ।

यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ । यसअघि यी मुलुकहरूले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो । बहुप्रवेश भिसाका लागि डाक्टर, वकिल, प्राध्यापक, इन्जिनियरहरूलगायत उच्च तहतप्कामा कार्यरत नागरिकहरूले आवेदन दिनसक्ने छन् ।

यस्तै, स्थानीय विश्वविद्यालयबाट चारवर्षे स्नातक तथा स्नात्तकोत्तर डिग्री हासिल गरी प्रोफेसनल रूपमा स्थापितहरूले पनि आवेदन दिन पाउनेछन् । न्याय मन्त्रालयका अनुसार छोटो अवधि भ्रमण (सी–थ्री) भिसावाला पर्यटक प्रत्येकपटक ३० दिन कोरिया बस्न पाउने र १० वर्षसम्म आतेजाते गर्न पाउने छन् ।

तर, अवैध रूपमा रहन र अनुमतिबिना काम गर्न भने पाउने छैनन् । अिध्यागनमले कोरियामा प्रवेश गरेपश्चात गैरकानुनी रूपमा बस्न नचाहने नागरिहरूलाई मात्र उक्त भिसा दिनेछ ।

भिसा प्राप्त गर्न आवेदन दिएको दिनदेखि ३ महिनासम्म लाग्नसक्ने बताइएको छ । आजको कारोबार दैनिकमा निकुञ्ज तिवारीले खबर लेखेका छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओलीले नैतिकता गुमाएः कांग्रेस नेता

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।