भालुको आक्रमणबाट दुइ जना घाईते

गते प्रकाशित

धनगढी । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छिन् । घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताइन् ।

उनको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएकी छिन् । उनी घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन्।

आक्रमणबाट उनले एक आँखा गुमाउनुपरेको छ । गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताइन् । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज र भोलि सार्वजनिक बिदा, कुन-कुन स्थानमा जान्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।