कारको ठक्करबाट सातजनाको मृत्यु

गते प्रकाशित

एजेन्सी । दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान सो दुर्घटना भएको हो ।

सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो । यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिइ सातजनाको घटनास्थलमै निधन भएको बताइएको छ । यस दुर्घटनामा परी अरु चार जना नराम्ररी घाइते भएका छन् ।

उनीहरुलाई नजिकैको अस्पताल पुर्याइएको छ । एक कारले बाटो काटिरहेका बालबालिकालाई हान्दा सात जनाको ज्यान गएको घटनाको केही दिनपछि यो अर्को दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ । मङ्गलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सो दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन । प्रहरीले विज्ञप्ति प्रकाशन गरेर उक्त घटना के कसरी हुन पुगेको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आहा ! मनमोहक तिलिचो कसरी पुग्ने ? (फोटो कथा)

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।