सन्दीपको चर्चा थप चुलियो, ५० हजार डलरमा लाहोरले किन्यो

गते प्रकाशित

काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा एक पछि अर्को बाजी मार्दै आएका छन् । सन्दीप मंगलबार बेलुकामात्र पाकिस्तान सुपर लिग (पिएसएल) टी—२० क्रिकेटका लागि छनोट भएका छन् ।

प्रतियोगिताको ड्राफ्टमा रहेका सन्दीपलाई अक्सन (बोलकबोल) मार्फत लाहोर क्वालान्डर्सले छनोट गरेको हो । सन्दीपको नाम यसअघिनै ‘गोल्ड’ श्रेणीमा रहेको थियो । गोल्ड श्रेणीमा रहने खेलाडीले कम्तीमा ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । त्यसकारण पिएएिलमा सन्दिपको मूल्य ५० हजार डलर रहेको छ ।

सन्दिपको टोली लाहोरले ड्राफ्टबाट एबी डीभिलियर्स, कार्लोस ब्रेथवाइट, फखर जमानजस्ता चर्चित खेलाडीलाई छनोट छ । आगामी फ्रेबुअरीमा आयोजना हुने पिएसएल लाहोर क्वालान्डर्स, क्वेटा ग्ल्याडीएटर्स, कराँची किंग्स, पेशेवर जाल्मी र इश्मलामाबाद युनाइटेड गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एक टोलीको निक्र्योल हुन बाँकी छ । केरलाले सन्दीपलाई ३० हजार डलरमा अनुबन्ध गरेको हो । अन्तर्राष्ट्रिय लिग खेल्न भ्याई नभ्याई भएका सन्दीप डिसेम्बर १९ देखि आयोजना हुने अष्ट्रेलियन लिग बिग बास र जनवरी ५ तारिख देखि बंगलादेश प्रिमियर लिगमा पनि छनोट भइसकेका छन् ।

यसअघि आइपीएलमा सन्दीप २० लाख भारुमा बिक्रि भएका थिए । उनलाई यसपटक पनि आइपीएल टोलीले लिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिगमा ५ हजार, ग्लोबल टी—२० लिग क्यानडामा ४० हजार डलर, अफगानिस्तान प्रिमियर लिगमा १५ हजार र बिग बासमा ६० देखि ७० हजार अमेरिकी डलर पाउनेछन् ।

सन्दीपका लातग तय भएको लिगबाट उनले पाउने रकम साँढे दुई करोड हाराहारी पुगेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आहा ! मनमोहक तिलिचो कसरी पुग्ने ? (फोटो कथा)

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।