यौनसम्पर्कका बेला किस गर्दा जिब्रो टोकियो, जसकारण जेलमा पुगिन् पत्नी !

गते प्रकाशित

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एक गर्भवती महिलाले किस गर्ने क्रममा आफ्ना श्रीमानको जिब्रो नै छिनालेकी छन् । ती महिलालाई आफ्नो श्रीमानको रुप राम्रो लाग्थेन त्यसकारण उनी खुशी थिइनन् ।

श्रीमान्–श्रीमतीबीच हरेक दिन जसो झगडा भइरहन्थ्यो । स्थानीय प्रहरीका अनुसार २२ वर्षका श्रीमानको उनकी गर्भवती श्रीमतीसँग झगडा भएको थियो । त्यसपछि उनीहरूसँगै सुतेका थिए ।

एकैछिनपछि श्रीमानले श्रीमतीलाई यौनसम्पर्क गर्न किस गर्न थाले । त्यसक्रममा उनकी श्रीमतीले जिब्रो टोकेर ठूलो घाउ बनाइदिएको प्रहरीले जनाएको छ । घटनामा श्रीमानले आफ्नो आधा जिब्रो गुमाएका छन् भने उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनको परिवारले प्रहरीलाई खबर गरेपछि श्रीमती पक्राउ परेकी छिन् ।

दिल्लीको एक अस्पतालमा जिब्रो काटिएका श्रीमानको शल्यक्रिया गरिएको छ । उपचारमा संलग्न डाक्टरहरूले उनले फेरि बोल्न सक्ने वा नसक्ने कुरा अहिले नै भन्न नसक्ने बताएका छन् ।

आठ महिनाकी गर्भवती महिला अहिले प्रहरी हिरासतमा छिन् । –एजेन्सी

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।