The news from New Generation with new vision.

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

जनकपुर । दसैं र तिहारपछिको महत्वपूर्ण पर्वका रुपमा लिइने छठ आज व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिएको छ।

खासगरी नेपालमा तराई मधेस क्षेत्रमा विशेष महत्वका साथ मनाइने छठमा व्रतालुले संसारलाई जीवन दिने भगवान् भाष्कर सूर्य देवलाई विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ। नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरे भने आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य चढाएपछि छठ पर्व सम्पन्न भएको हो।

तीन दिनदेखि मनाइँदै आएको छठको मुख्य दिन आज जनकपुर सहितका पोखरी, जलाशय नदी घाटमा व्रतालुहरुको घुइँचो लाग्यो। सोमबार बेलुका खरना पूजा सम्पन्न गरेर व्रत सुरु गरेका व्रतालुले आफुलाई पायक पर्ने दुलहीझै सिँगारिएको विभिन्न पोखरी, जलाशय, नदी घाटमा हिजो अस्ताउँदो र आज उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

खासगरी मैथिली संस्कृतिमा प्रचलित छठ पर्वमा भक्तजनसँगै विभिन्न ठाँउबाट अवलोकनका लागि समेत जनकपुरको गंगा सागर, धनुष सागर, अरगज सर लगायतका छठ घाटमा उल्लेख्य पर्यटकसमेत देखिन्थे।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जब बरामद भएको ७ करोड भारु गन्दा गन्दै थाके प्रहरी
सम्बन्धित पाेष्टहरु