काठमाडौं । नेपाल प्रहरीले पहिलोपटक महिला एआईजी पाएको छ । प्रहरी अस्पतालमा कार्यरत डा.दुर्गा थापा पहिलो महिला एआईजी बनेकी हुन् ।
उनलाई मंगलबार प्रहरी महानिरीक्षक सवेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाइदिए । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यसअघि नेपाल प्रहरीमा डीआईजीसम्म मात्र महिला पुगेका थिए ।