Under Menu add (Inside news)

मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’

‘काठमाडौँ । नेपालको कला क्षेत्रलाई एउटा छुट्टै उचाइमा पुर्‍याउने कलाकार हुन् बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । उनीहरुले नेपाललाई कलाका क्षेत्रबाट विश्वमाझ नजिक बनाउन महत्वपूर्ण योगदान दिएका छन् । उनै वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित भएका छन् ।

नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीलाई उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट जनआन्दोलन स्वर्ण पदकबाट सम्मानित गरिएको हो । ‘मह’ जोडीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

 

स्वर्र्गीय नेता गणेशमान सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

Loading...