सरकार तीव्र गतिमा : अध्यक्ष प्रचण्ड

गते प्रकाशित

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ भने । अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिले नै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको हो भने ।

केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझावअनुसार नै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको हो भन्दै उनले पार्टीका दुवै अध्यक्षबीच सहमति र सल्लाहअनुसार नै काम भइरहेको जानकारी दिए । सरकार पुनःगठन गर्ने कुनै सम्भावना नरहेको र मन्त्रीहरुको काममा गति बढाउन मात्र जोड दिइएको चर्चा गर्दै अध्यक्ष दाहालले वर्षा सकिएकाले अब सरकारको काममा तीव्रता आउने धारणा व्यक्त गरे ।

सरकारको लोकप्रियता घटेको हो कि भन्ने प्रश्नको जवाफमा लोकप्रियता खोज्नेभन्दा पनि राष्ट्र र जनताको वृहत्तर हितका लागि वर्तमान सरकार दीर्घकालीन फाइदा हुने काममा लागेको बताए ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेपालमै लोकप्रिय जागिरको अवसर, २ हजार भन्दा वढी अधिकृत खुल्दैं

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।