भारतीय प्रधानमन्त्री मोदी नेपाल नआउने, भारतमै भयो यस्तो विरोध !

गते प्रकाशित

काठमाडौं । विवाह पञ्चमीको दिन नेपालको पाँचौंपटक भ्रमण गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तयारीप्रति भारतमै विरोध भएको छ ।

भारतको कंग्रेस आईले मोदीको सम्भावित नेपाल भ्रमणप्रचि आपत्ति जनाएको हो । आगामी लोकसभाको निर्वाचनअघि नै मोदी नेपाल भ्रमण गर्न चाहेपनि विपक्षी कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले भारतीय जनता पार्टीको नामै किटेर मोदीलाई धेरै महत्व नदिन नेपाल सरकारलाई सुझाव दिएको भन्ने समाचार आएपछि मोदीको नेपाल भ्रमण अनिश्चित बन्ने भएको छ ।

सोमबार बिहान विराटनगर पुगेका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मोदी नेपाल नआएमा धेरै ठूलो समाचार नहुने भन्दै त्यसको संकेत गरेका छन् ।

उनले मोदी धेरै पटक नेपाल आइसकेको र अब आउने भनिए पनि नआएमा धेरै ठूलो समाचार हुन्न भनेका थिए ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   लाइसेन्सको आवेदन मंसिर ७ गतेदेखि खुल्ने

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।