भाइटीकाको साइत २३ गते बिहान ११ बजेर ५५ मिनेटमा

गते प्रकाशित

काठमाडौं । यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चांग निर्णायक समितिको बुधबार बसेको बैठकले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको हो ।

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसैदिन भान्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतकारुपमा मानिने गरिएको छ ।

कात्तिक २१ गते कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ ।

यसदिन वर्षभर हलो जोत्ने हलिकोसमेत पूजा गर्ने संस्कृति छ । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख–शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने प्रचलन छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।