टिकाको दिन नेपाली सेनाको निःशुल्क बस सेवा सञ्चालन, हेर्नुहोस् रुट तालिका !

गते प्रकाशित

काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा टिकाका दिन काठमाडौंमा नेपाली सेनाले बस चलाउने भएको छ । सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले आवागमनमा सुविधा पुर्याउने उद्देश्यले ८ रुटहरुमा बस चलाउन लागिएको सेनाले जनाएको छ ।

बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १र१ वटा बस निःशुल्क सञ्चालन हुनेछ। त्यसैगरी, घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारहरुको हितको लागिसेनाले असोज २५ गतेबाट ३१ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा संचालन गरिरहेको छ।

बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको ०६ः ३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा पाउने बताइएको छ।

हेर्नुहोस् दशैंको दिन चल्ने रुटः
रुट नं १– भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं. २— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।

रुट नं ३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी ९अस्पताल०, ताहाचल, टेक’, थापाथली ।

रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनक’ने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।

रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

रुट नं. ८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   चीनद्वारा कर्णाली द्रुतमार्ग सर्भे, हवाई सेवामा पनि सघाउने

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।