सञ्जयलाई स्थानीयको दैलोमा पुग्न हतारो, बामदेवलाई सांसद बन्ने चटारो !

गते प्रकाशित

काठमाडौं, २५ असोज । पूर्व मन्त्री तथा बर्दिया क्षेत्र नं १ का सांसद सञ्जयकुमार गौतमलाई यतिवेला जनताका गुनासो सुन्न र समाधान गर्न गाउँ गाउँ र घरदैलोमा पुग्न भ्याईनभ्याई छ ।

आफ्ना प्रतिस्पर्धी तथा प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजीत बनेका नेकपाका प्रभावशाली नेता काठमाडौं–७ बाट चुनाव लड्ने हतारो गरिरहेका बेला सांसद सञ्जय भने जनताको गुनासो र जनताका समस्याको समाधान गर्न यतिबेला बर्दियाका बिभिन्न नगरपालिका, गाउँपालिका र वडाहरुमा पुगेका हुन् । 

गत संघीय संसदको निर्वाचनमा सञ्जय गौतमले तत्कालीन एमालेबाट उम्मेद्वार बनेका प्रभावशाली नेता बामदेव गौतमलाई पराजीत गरेपछि अहिले काठमाडौं ७ बाट सांसद बनेका रामबीर मानन्धरलाई सांसद पदबाट राजीनामा गराएर उपनिर्वाचनमा बामदेव गौतम भिड्ने तयारीमा छन् ।  यता चुनावको तयारीमा बामदेव लागिरहँदा सञ्जय जनताको गुनासो र समस्या समाधान गर्न लागिरहेका छन् । बामदेव गौतम चुनाव हारेपछि जिल्ला नपुगेको तर सञ्ज्य भने पटक–पटक जिल्ला पुगेको स्थानीयहरु बताउँछन् । 

संघीय संसदको बर्षे अधिवेशन अन्त्य भएसँगै जिल्ला पुगेका उनले बर्दियाको मधुवन नगरपालिका पुगेका नेता गौतमले खाता जैबिक मार्गको स्थलगत अनुगमन, बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कर्तनियाघाट वाइल्डलाइफ सेन्चुरी संग जोडने खाता करिडोर र कर्णाली नदी पारीको कर्णाली कोरिडोरको अवलोकन, बर्दिया जिल्ला कै अति बिकट बाँसगढि न।पा।वडा नंम्बर १ मा रहेको बबई चेपाङ, बाट करिब ५ घन्टा को पैदल यात्रा बाटुले, कुरुले, भगाहा, खोटे, लगाएतका गाउँ बस्तिहरुको अवलोकन सहित टोलटोलमा स्थानीयहरुसँग छलफल गरिरहेका छ्न ।

चुनावमा प्रतिबद्धता गरेअनुरुप समस्या र गुनासो सुन्न आगनमै आफूले जिताएको सांसद आउँदा आफूहरुलाई खुसी लागेको स्थानीयहरुको तर्क छ । सांसद गौतमले बर्दियाको आफ्नो क्षेत्रमा मात्र नभई अन्य क्षेत्रका जनताको समस्या पनि चासो देखाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।