युवाहरुलाई आकर्षित गरे मात्र काँग्रेस बलियो हुन्छ : महामन्त्री कोइराला

गते प्रकाशित

कुमार बाबु हिताङ्गा/स्याङ्जा । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले युवाहरुलाई आकर्षित गर्न सके मात्र नेपाली काँग्रेसको संगठन बलियो हुने बताएका छन् ।

नेपाली काँग्रेस स्याङ्जाले सदरमुकाम स्याङ्जा स्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले नेपाली काँग्रेसले देशको बिकास र समृद्धिका लागि महत्वपूर्ण योगदान अपरिहार्य रहेको प्रष्ट पारे ।

नेकाका संस्थापक नेता वीपी पुत्र समेत रहेका कोइरालाले काँगेसको स्याङ्जाको संगठन हेरेर अन्य जिल्लाले पनि संगठनलाई बलियो बनाउनुपर्ने भन्नुहुन्थ्यो भन्दै स्मरण समेत गरे ।

स्याङ्जाका नेका कार्यक्रताहरुको प्रश्नलाई सम्बोधन गदै महामन्त्री कोइरालाले पार्टी विधि र पद्दतीले चल्नेमा ढुकक हुन समेत आग्रह गरे ।

कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ, जिल्ला सचिव कुमार राना, प्रदेश सांसद भागवत प्रकाश मल्ल, उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष नवराज सुबेदी, चापाकोट नगर प्रमुख शिव कूमार गिरी लगायतले मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   स्कूल बसकै चालक परे मापसेमा, प्रहरीले लियो नियन्त्रणमा

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।