सिटी एक्सप्रेसको निःशुल्क बस सेवा शुरू

गते प्रकाशित

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने ‘निःशुल्क बस सेवा’ शुरू गरेको छ । निःशुल्क बस सेवा असोज १७ गतेदेखि २३ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भई रिङरोड परिक्रमा गर्नेछ ।

वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीलाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशबाट स्वदेश फर्किने यात्रुलाई सहयोग पुगोस् भन्ने भावना सहित सेवा शुरू गरिएको हो ।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टले संयुक्त रुपमा रिबन काटी सेवा शुरू गरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।