वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना

गते प्रकाशित

गुल्मी। राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन ।

तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् ।

उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन ।

गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका छन् ।

मोटरसाईकल चलाउन नजान्ने उनले रमेश घिमिरेलार्य चालक राखेका हुन् ।

जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला जनप्रतिनिधिले नै मोटरसाईकल चालक सम्म पनि भर्ना गरेपछि स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।

चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाईकलमा राखेर उनले भनेको ठाउँमा पुर्याउनु हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   चीनद्वारा कर्णाली द्रुतमार्ग सर्भे, हवाई सेवामा पनि सघाउने

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।