पोखराकी श्रेयाको बलात्कारपछि हत्या भएको खुलासा, १६ घण्टामै पक्राउ परे अभियुक्त

गते प्रकाशित

कास्की । पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया विक (सुनार) को बलात्कारपछि हत्या गरिएको पुष्टी भएको छ । सोमबारदेखि हराएकी १० वर्षीया श्रेया विक मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा उनको शव भेटिएको हो । श्रेयाको बलात्कारपछि हत्या भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि पत्ता लागेको हो ।

यो सँगै जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यारालाई प्रकाउ गरेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले घटना सार्वजनिक भएको १६ घण्टामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार घटनापछि सुरुमा शंका लागेका जतिलाई पक्राउ गर्दा श्रेयाका छिमेकी २७ वर्षीय कुशुम पौडेलले घटना आफूले गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

यद्यपी जिल्ला प्रहरी कार्यालयले भने हत्यारालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ । रक्सी र लागुपदार्थको नसामा रहेका पौडेलले बालिकालाई करणी गरेपछि थाहा पाउने डरले ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।