मलेसियामा सुतिरहेकै अवस्थामा एक नेपालीको मृत्यु

गते प्रकाशित

क्वालालम्पुर, मलेसिया । काजाङस्थित ग्रिनो पल्स कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ। स्थायी घर पाल्पाको रम्बा गाउँपालिका वडा नम्बर १ हुगी घर भएका जोतबहादुर सार्कीको मृत्यु भएको छ।

सार्की शुक्रबार सुतेकै अवस्थामा मृत फेला परेका हुन् । चार बालबच्चा र श्रीमतीलाई छाडेर सुनौलो भविष्य कल्पना गर्दै सार्की चार वर्षअघि फ्रेन्डसीप मेनपावरबाट मलेसिया आएका हुन्।

दिउँसो काम गरेर बेलुकी खाना खाई सकुशल सुतेका कार्की बिहान काममा जान नउठेपछि साथीहरूले उठाउने प्रयास गर्दा मृत भेटिएका हुन्। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। शव नेपाल पठाउने प्रक्रियामा रहेको सार्कीका साथी मीनबहादुर सुनारले बताए।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।