राष्ट्रिय तेक्वान्दोे प्रतियोगिताको उपाधि चितवनलाई

गते प्रकाशित

काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति काठमाडौंले राष्ट्रिय तेक्वान्दोे प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौं त्रिपुरेश्वर रंगशालाको कबड हलमा सम्पन्न भएको प्रतियोगितामा चितवन ५ स्वर्ण र एक रजत सहित पहिलो स्थान सुरक्षित गर्यो ।

प्रतियोगितामा दोश्रो भएको काठमाडौंले ५ स्वर्ण र तेस्रो भएको भक्तपुरले ३ स्वर्णर एक रजत हात पार्यो । एक दिवशीय प्रतियोगितामा १६ तौल समूह र ४ पुम्सेमा गरी २० समूहमा प्रतिस्पर्धा भएको प्रतियोगितामा ७ प्रदेशका २५० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

जसमा २० स्वर्ण, २० कास्य, ४० रजतको प्रतिस्पर्धामा ललितपुरका साजन मर्हजन र रुपन्देहीकी समिक्षा बुढाथोकी क्रमश पुरुष र महिलातर्फ उत्कुष्ट खेलाडी ठहरिए । प्रतियोगिताका बिजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पुरस्कार प्रदान गरेका थिए । 

कार्यक्रममा बोल्दै मन्त्री सुनारले यस्ता प्रतियोगिताले प्रतियोगीहरुको मात्र नभई समग्र देशकै खेल जगतमा ठुलो उपलव्धि भएको बताए । काठमाडौं जिल्ला कार्य समितिका अध्यक्ष विनय महतले आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर वाकी नराख्ने, यस्ता जिम्मेवारीवाट पाठ सिक्दै अघि वढ्ने बताए ।

यस्तै संघका काठमाडौं जिल्लाका उपाध्यक्ष वालकृष्ण निरौलाले प्रतियोगिता भव्य र सव्य रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जनचेतना नेपालका स्वयंसेवीहरुको प्रशंसा गर्दै सवैलाई धन्यवाद समेत दिए ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।