दुलेगौडामा गायिका भण्डारीसँग यसरी झुमे दर्शक (फोटोसहित)

गते प्रकाशित

तनहुँ, दुलेगौडा । चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारीको प्रस्तुतीमा दुलेगौडाबासी झुमेका छन् ।

नारीहरुको महान चाड हरितालिका तीजको दिन तनहुँ उद्योग वाणिज्य संघ दुलेगौडा बजार इकाइले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा भण्डारीको प्रस्तुतीमा दुलेगौडाबासी झुमेका हुन् । उनले आफ्नो चर्चित तीज गीत ‘बत्ती बाल्नै पर्दैन’ गाउदा दर्शकहरु नाच्नमै व्यस्त रहे ।

उक्त अवसरमा भण्डारीले बत्ती बाल्नै पर्दैन, छिनछिन बज्ने चुरा, बेरोजगार पोइ, ग्यादीको पुल लगायतका आधा दर्जन प्रस्तुती राखेकी थिइन् । कार्यक्रममा लोकदोहोरी गायक शंकर पन्त, मालती राना, हास्य कलाकार मनिष घिमिरे लगायत स्थानिय कलाकारको प्रस्तुती माहोल तताएको थियो ।

तीज गीत प्रतियोगितामा १६ टिमलाइ पछाडी पार्दै शुभकामना समुह प्रथम भएको हो । लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गरौ, हरितालिका तीज पर्व भव्य रुपमा मनाउ भन्ने नाराका साथ भएको प्रतियोगितामा विहानी समुह बेलचौतारा द्धित्तिय, दीदीबहिनी समुह गगनगौडा तृतिय र दीदीबहिनी आमा समुह सृजना टोल सान्त्वना हुन सफल भएको प्रतियोगिता संयोजक रोजिना खातुनले जानकारी दिईन् । 

प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्तवना हुनेले क्रमशः २१ हजार, १४ हजार, ७ हजार, ३ हजारसँगै प्रमाण पत्र प्राप्त गरेको खातुनले जानकारी दिइन् । नृत्यमा अरिनीको मावी खैरेनीटार र भेषभुषामा दुलेगौडा बाल समुह उत्कृष्ट हुदै समान १ हजार ५ सय प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।