The news from New Generation with new vision.

बस दुर्घटनामा ४५ जनाको मृत्यु

हैदराबाद । भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ ।

यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् ।

घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै थियो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   काबुल आक्रमण: अफगान सूचना मन्त्रालयमा विस्फोटन तथा गोली प्रहार
सम्बन्धित पाेष्टहरु