निर्दयी बाबु जसले गरे आफ्नै छोरीको हत्या !

गते प्रकाशित

बाजुरा । स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् ।

ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए। हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरभन्दा बाहिर करीब २० मिटर पर हत्या गरेको अवस्थामा बालिकाको शव भेटिएको छ ।

आमा तीज मनाउन त्रिवेणी नगरपालिका–९ स्थित माइतीघर ताम्सुमा गएको अवस्थामा हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार छोरीको हत्या करीब चार/पाँच दिनअगाडि भएको देखिएको छ ।

हत्याको कारणबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थ पुगिसकेको प्रमुख नायब उपरीक्षक बोहोले बताए । मृतक रबिनाको शवपरीक्षणका लागि जिल्ला अस्पताल मार्तडी ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।