विश्वकप उपविजेता क्रोएसियाको लज्जास्पद हार, स्पेनले हान्यो ६ गोल

गते प्रकाशित

एजेन्सी । यूईएफए नेशन्स लिग ए को समूह डी अन्तर्गत स्पेनले विश्वकप उपविजेता क्रोएसियालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

समूहको पहिलो खेलमा गएको शनिबार इंग्ल्याण्डलाई हराएको लुइस एनरिकेको टोली स्पेनले मंगलबार राति भएको खेलमा क्रोएसियाविरुद्ध फराकिलो अन्तरको जित निकालेको हो । युवा खेलाडीहरुको बाहुल्यता रहेको स्पेनिस टोली यस प्रतियोगितामा निक्कै उत्कृष्ट लयमा देखिएको हो ।

३३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दा त्यसको दुई मिनेटपछि नै क्रोएसियाका गोलरक्षक लोभ्रे कालिनीले आत्मघाती गोल गर्न पुगे । स्पेन यति मै रोकिएन ।

उसले दोस्रो हाफमा ३ गोल थप्यो । ४९ मिनेटमा रोड्रिडो, ५७औं मिनेटमा सर्जियो रामोस र ७०औं मिनेटमा इस्कोले गोल गरेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।