प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन

गते प्रकाशित

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले भावी प्रधानन्यायाधीशका लागि ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

सोमबार भएको सुनुवाईपछि समितिले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

यसअघि, प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानन्यायाधीशका रुपमा मिश्रलाई नियुक्त गर्ने बाटो खुलेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै लोकसेवा आयोग

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।